अशिग्राम माध्यमिक विद्यालयको दुई दिवसीय ७१ औं बार्षिकोत्सव कार्यक्रम सुरु

बैतडी : डडेल्धुराको भागेश्वर गाउँपालिका–०२ रुपालमा रहेको अशिग्राम माध्यमिक विद्यालयको दुई दिवसीय ७१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ। सुदूरपश्चिम प्रदेस सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्को प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको प्रधानाध्यापक राजेन्द्र बहादुर पाण्डेयले जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपि भारतीको अध्यक्षता तथा भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत, गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठी, २ नम्बरका वडाअध्यक्ष उपेन्द्र बहादुर जोरा, ३ नम्बरका वडाध्यक्ष डम्बर राज जोशी, ४ नम्बरका वडाध्यक्ष बसन्त चटौत र ५ नम्बरका वडाध्यक्ष नरेन्द्र बहादुर थापा मगरको बिशिष्ट आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पाण्डेयले विद्यालयको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। उद्घाटन समारोहमा शिक्षक अभिभावक सघंका अध्यक्ष रामदत्त जोशीले स्वागत मन्तब्य राख्नुभएको थियो। विद्यार्थीका तर्फबाट कक्षा १० मा अध्ययनरत विद्यार्थी सबिना जोराले अग्रेजी भाषामा स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम सञ्चालक दौलत टमटाले बताउनुभयो।

यसैगरी कार्यक्रममा चर्चित गायिका ईब्सल सन्ज्याल, लोक तथा दोहरी गायक रमेश मल्ल, गायिका तुलसी विक र विद्यार्थीहरुले साङ्गीतिक प्रस्तुती राखेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री खड्काले आफुले शिक्षा, स्वास्थ्य र बिकास निमार्णका कार्यमा भुमिका खेल्ने बताउनुभयो। विद्यालयको लागि भौतीक या नौतीक तवरले सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको प्रधानाध्यापक विद्यालयले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष चटौत र उपाध्यक्ष ठकुराठीले विद्यालयको चौतर्फी विकासका लागि पालिका र अन्य निकायसगं समन्वय गर्ने बताउनुभयो। कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, बिभिन्न सघं संस्थाका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, अभिभावक लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

दुई दिवसिय कार्यक्रम भएकाले भोली बिभिन्न सांस्कृतिक प्रस्तुतीका साथ बार्षिकोत्सव तथा अभिभावक दिवस समापन गरिने कार्यक्रम सञ्चालक टमटाले जानकारी दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.