बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनौटका लागि हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो।
कप्तानमा भट्टसंगै उपकप्तान अविरल विक,सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउँद, शुषिल रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन्।
यस्तै रुद्र प्रसाद आचार्य,धु्रव लुहार,महेश देउवा र शंकर बोहरा वैकल्पिक खेलाडीको सूचीमा रहेका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई यो टोलीमा समोवश गरिएको हो।
प्रदेशस्तरीय छनौट प्रतियोगिता वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो। प्रतियोगिताका प्रदेशका ८ जिल्लाका टोलीहरुको सहभागिता रहेको थियो।
यू–१६ राष्ट्रिय क्रिकेट कर्णाली प्रदेशको सुर्खेतमा यहि जेठ १९ गतेदेखि सुरु हुँदैछ। सुदूरपश्चिमको पहिलो भिडन्त जेठ १९ मा कोशी प्रदेशसंग रहेको छ।

