मेलौलीमा कोल्डस्टोर निर्माण हुदैं, वडा अध्यक्षले गरे २ रोपनी जग्गा दान

बैतडी-मेलौली नगरपालिका–७ का वडा अध्यक्ष रामचन्द्र भट्टले नगर क्षेत्रमा कोल्डस्टोर निर्माणका लागि करिब २ रोपनी जग्गा दान गरेका छन् । कृषि उत्पादन संरक्षण र बजारिकरणमा योगदान पुर्‍याउने उद्देश्यले निर्माण भइरहेको उक्त कोल्डस्टोर संघीय सरकारको अनुदानमा निर्माणाधीन छ ।
वडा अध्यक्ष भट्टका अनुसार संघीय सरकारको उच्च पहाडी एवं हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत रू. ३५ लाखको लागतमा ठेक्का प्रक्रिया मार्फत निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
“यो कोल्डस्टोरले मेलौली नगरपालिका मात्र होइन, आसपासका पालिकाका कृषकहरूका लागि पनि उत्पादन सुरक्षित गर्न सहयोग पुर्‍याउने छ,” अध्यक्ष भट्टले बताउनुभयो। “बेमौसमी बजारमा राम्रो मूल्यमा बिक्री गर्न सकिने भएकाले कृषकहरूको आम्दानीमा समेत वृद्धि हुने उनको विश्वास छ ।”
कोल्डस्टोर निर्माणले जिल्लाभरिका कृषकहरूलाई राहत पुग्ने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.