बैतडीको पञ्चेश्वरमा शिक्षाको गुणस्तर सुधारका लागि अन्तरक्रिया सम्पन्न

बैतडीको पञ्चेश्वर गाउँपालिका–०५ नेटामा शिक्षाको गुणस्तर सुधारका लागि अन्तरक्रिया गरिएको छ। मंगलबार गाउँपालिकाको आयोजनामा शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकार, शिक्षक, अभिभावक र विद्यार्थीविच अन्तरक्रिया गरिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।

गणमेश्वर आधारभुत विद्यालयको प्राङ्गणमा गरिएको कार्यक्रममा शैक्षिक गुणस्तर सुधार तथा प्रतिस्पर्धात्मक क्षमता निमार्णका लागि छलफल गरिएको गाउँपालिका उपाध्यक्ष विना भट्टले बताउनुभयो। शैक्षिक गुणस्तर उकास्न, उपलब्धी वृद्धि गर्न, गत र चालु शैक्षिक सत्रको समिक्षा गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाईएको छ।

यसैगरी अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकार, शिक्षक, अभिभावक र विद्यार्थीसगं सम्बन्धीत सबै पक्षले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिएको थियो। गाउँपालिका अध्यक्ष चन्दको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी नरेन्द्र अवस्थीको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भट्ट बिशिष्ट अतिथि रहनु भएको थियो।

Leave A Reply

Your email address will not be published.