डडेल्धुराको अजयमेरुमा १८ दिने होजियारी सिप विकास तालिम सुरु

  • सम्झना खड्का

बैतडी : डडेल्धुराको अजयमेरु गाउँपालिका–०५ मा १८ दिने होजियारी सम्बन्धी सिप विकास तालिम सुरु भएको छ। वडा कार्यालयको आयोजना तथा एकिकृत विकास समाज डडेल्धुराको आर्थीक सहयोगमा देवल दिब्यपुरमा तालिम सुरु भएको वडाध्यक्ष राज बहादुर पालले बताउनुभयो।

गरिवि निवारणक लागि लभु उद्यम विकास कार्यक्रम र गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजना मार्फत सयुक्त रुपमा तालिम सञ्चालन गरिएको हो। तालिममा १२ जना दलित महिलाहरु सहभागी भएको छन।

सीप सिकी स्वरोजगार बनाउने उदेश्यका साथ तालिम सञ्चालन गरिएको वडाध्यक्ष पालले जानकारी दिनुभयो। गाउँपालिका उपाध्यक्ष बसन्ती पालको प्रमुख आतिथ्यमा तालिम सञ्चालन गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.