बैतडीको दशरथचन्द नगरपालिकाले ल्यायो ८८ करोड ३८ लाखको बजेट

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

नगर उपप्रमुख कौशिला चन्दले नगरसभामा पेश गरेको उक्त बजेट सर्वसम्मत पारित भएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले जानकारी दिए ।

यस्तै नगरसभामा नगर प्रमुख पुष्करराज जोशी ९लख्खाभाइ०ले पेश गरेको नीति तथा कार्यक्रम पनि सर्वसम्मत पारित भएको छ।

स्थानीय आवश्यकताका आधारमा बजेट ल्याइएको नगरपालिकाले दाबी गरेको छ ।बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको सूचना अधिकारी बिष्टले बताए ।

Leave A Reply

Your email address will not be published.