मेलौलीमा सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न

बैतडी : मेलौलीमा सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ। दलित विकास समाज नेपाल बैतडीको सहजीकरण र मेलौली नगरपालिकाको आयोजनामा ८ दिने सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको हो।

No description available.

स्थानीय स्तरका समस्या स्थानीय स्तरमा नै छिटो समाधान हुन भनेर तालिमको आयोजना गरीएको शिक्षा युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर तथा न्यायिक समितीका उजुरी प्रशासक महेन्द्रसिंह नायकले बताउनुभयो।

No description available.

मेलमिलापको माध्यमवाट छिटो छरितो तथा सरल प्रक्रियाबाट विवादको समाधान गर्न सहज होस भनेर तालिमको आयोजना गरिएको नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक पार्वती बोहरा बिष्टले बताउनुभयो। विवाद समाधानको प्रकृयालाइ सहभागितात्मक, कम खर्चिलो बनाई न्यायमा सर्वसाधारणको पहुँच वृद्धि गर्न मेलमिलापकर्ताको महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाई रहेको छ।

No description available.

स्थानीय सरकारसंग हातेमालो गरेर विवाद समाधान गर्न मेलमिलापकर्तालाई नगर प्रमुख भिम बहादुर चन्दले आग्रह गर्नुभयो। विवाद समाधानमा ९ ओटै वडाका सहभागीहरूले तालिममा सिकेका कुरालाई आत्मासाथ गरी व्यवहारीक रुपमा काम गर्नुहुनेछ भन्नेमा उहाँले बिश्वास ब्यक्त गर्नुभयो।

No description available.

तालिमको प्रशिक्षण अधिवक्ता दिपेन्द्र बहादुर चन्दले दिनुभएको हो।

No description available.

Leave A Reply

Your email address will not be published.