बैतडी: पाटन नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका ज्येष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको छ। खोड्पेमा रहेको सामुदायिक भवनमा आयोजना गरिएको एक कार्यक्रमकाबीच ज्येष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको हो।
पार्टीको संगठन सुदृढ बनाउँदै अघि बढ्ने विधिअनुसार नयाँ सदस्यता वितरण, नविकरण र ज्येष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको वडा नं ८ का वडा सभापति मोहन सिंह बिष्टले जानकारी दिए। पार्टी सुदृढिकरणका विषयमा नेता कार्यकर्ताहरुबीच छलफल पनि भएको बिष्टले बताए।
वडा नं ८ का वडा सभापति मोन सिंह बिष्टको सभाध्यक्षतामा आयोजना गरिएको वडा सम्मेलन तथा ज्येष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका जिल्ला सभापति चतुर बहादुर चन्द रहेका थिए । सो कार्यक्रममा पाटन नगरपालिकाका कार्यबहाक सभापति रमेस सिंह महरा लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। पार्टीको संगठन सुदृढ बनाउँदै विधिअनुसार सम्मेलन सम्पन्न गरिएको हो।
वडा नं ५ मा सम्पन्न सम्मेलनका क्रममा नेपाली कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मानसमेत गरिएको छ। वडा सभापति फुनीसिंह बोहराका अनुसार वडा नं ५ भित्रका ३२ जना जेष्ठ क्रियाशील सदस्यलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो। नेपाली कांग्रेसले जिल्लाभर पार्टीमा लामो समयदेखि योगदान पु¥याएका ज्येष्ठ क्रियाशील सदस्यहरुलाई निरन्तर सम्मान गर्दै आइरहेको छ।