बैतडी : मेलौलीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगदसहित सम्मानीत भएका छन। आईतबार मेलौली नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो।
शैक्षिक सत्र २०८१ को कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीलाई सम्मान गरिएको शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्रीले बताउनुभयो। यसैगरी शैक्षिक सत्र २०८१ को कक्षा १२ र शैक्षिक सत्र २०८० एसईईमा पालिकाभरीमा उत्कृष्ट नतिजा ल्याउने तिनतिन जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको क्षेत्रीले बताउनुभयो।

कक्षा ८ मा मणिलेक माविका सुमन दयाल प्रथम, धर्मघर मावि सलेनाका नबिन जोशी द्धित्तीय र मणिलेक माविका धिरेन्द्र ओझा तृतीय भएका भएका थिए। प्रथमलाई २० हजार, द्धित्तीयलाई १५ हजार र तृतीयलाई १० हजारसहित खादा ओढाई सम्मानपत्रका साथ सम्मान गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर महेन्द्रसिह नायकले बताउनुभयो।

यसैगरी कक्षा १० को परिक्षामा पालिकाभरीमै प्रथम आउने धर्मघर मावि सलेनाकी ज्योती जोशीलाई ३५ हजार, द्धित्तीय आउनु भएकी शितलपुर मावि शितलपुरकी प्रतिक्षा बिष्टलाई ३० हजार र तृतीय आउने मणिलेक माविका बिजय भट्टलाई २५ हजारसहित खादा ओढाई सम्मानपत्रका साथ सम्मान गरिएको जनाईएको छ।
कक्षा १२ को परिक्षामा पालिकाभरीमा प्रथम, द्धित्तीय र तृतीय मणिलेक माविका विद्यार्थीहरु भएका थिए। प्रथम हुने दर्शन नेगीलाई ३५ हजार, द्धित्तीय हुने नरदेश ओझालाई ३० हजार र तृतीय हुने तेज ओड्लाई २५ हजारसहित खादा ओढाई सम्मानपत्रका साथ सम्मान गरिएको छ। उत्कृष्ट नतिजा ल्याई सम्मानीत हुने विद्यार्थी अध्ययनरत विद्यालयलाई पनि सम्मानपत्रका साथ सम्मान गरिएको कम्प्युटर अपरेटर नायकले बताउनुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख भिम बहादुर चन्दले विद्यार्थीको हौसला र मेहनतको कदर गर्दै सम्मान गरिएको बताएका छन। यो सम्मानले अरु विद्यार्थीहरुले पनि पढनुपर्छ भन्ने कुराको सन्देश जाने बताएका छन।

विगत दुईतिन वर्षदेखी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मेलौली नगरपालिकाले सम्मान गर्दै आईरहेको छ। आगामी दिनमा पनि विद्यार्थीको हौसला बढाउन र क्षमता विकास गर्न बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहने प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो।
