वर्षासंगै खसेको पहिरोले बैतडीमा केदार माविको शौचालय भत्कियो

बैतडी: बर्षासंगै खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका–७ स्थित केदार माविको दुई कोठे शौचालय भत्किएको छ। यस्तै खानेपानीको धारा समेत पहिरो बगाएको विद्यालयका शिक्षक कमलबहादुर साउँदले बताउनुभयो।

सोमबार राति परेको बर्षाका कारण गुन्याखोलामा पहिरो खसेको र पहिरोले विद्यालयका क्षति पुर्याएको शिक्षक साउँदले बताउनुभयो। खोलाले बगाएर ल्याएको लेदोले विद्यालय भवनका दुईकोठा पुरिएका छन् भने चारकोठे भवन जोखिममा परेको विद्यालयका प्रधानाध्यापक विरेन्द्र चन्दले बताउनुभयो।

पहिरोले विद्यालयमा क्षति पुर्याएपछि पठनपाठनमा समस्या हुने भएको छ। कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा अब शौचालयको समेत अभाव भएको छ।

बर्षातको शुरुवातमै विद्यालयमा क्षति पुगेको र थप जोखिम निम्तिएको प्रधानाध्यापक चन्दले बताउनुभयो। पहिरोले विद्यालयमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको उनले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.