बैतडीको पुर्चौंडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु

बैतडी –बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।जिल्लाको पुर्चौंडी नगरपालिका–५ दहतोली,परगैरा घर भएकी १७ बर्षीया रश्मी बोहराको बुधबार भीरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहरा चिप्लेर लडेकी थिइन् । भीरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको भूमीराज मावि गहताडका निमित्त प्रधानाध्यापक अशोकबहादुर कुँवरले बताए ।बोहरा भूमीराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन् ।

Leave A Reply

Your email address will not be published.