बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका ३ गिरीबगरका केशब कोलीका १३ वर्षीय छोरा किरण कोली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
शनिबार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा संकलन गरिरहेका किरण नजिकै रहेको बिद्युतको पोलमा छोइदा गम्भीर घाइते भएका थिए। घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पु¥याउदा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी प्रबत्ता पाण्डेयले बताए।
अहिले किरणको शव भने गोकुलेश्वर अस्पतालमै रहेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रबत्ता पाण्डेयले बताए।