बैतडी-मातृभुमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलौलीले विभिन्न फलफूलको बिरुवाहरु वितरण गरेको छ ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा र अमेरीकन लाईफ ईन्सोरेन्सको कम्पनी मेटलाईफको आयोजना वित्तीय संस्थामा आवद्ध ग्राहक महिला सदस्यहरुलाई कृषिमा उद्यमी बनाउने अभिप्रायले मेलौली नगरपालिका वडा न १,२,३,५,६,७,८,९ र शिवनाथ गाउँपालिका केही वडाका घरधूरीका महिलाग्राहक सदस्यहरु प्रत्येकलाई लिची र कागतीका बिरुवाहरु वितरण गरिएको मातृभुमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलौलीका प्रमुख मदन सिंह ठगुन्नाले जानकारी दिनुभयो ।
फलफूलका विरुवाहरु वितरण कार्यक्रम मेलौली नगरपालिकाको वडा नं ७ स्थित मातृभुमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा मेलौलीको कार्यालयमा आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा न ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले समुदायमा यस प्रकारका विरुवाहरु वितरण गरी कृषि उद्यममा सघाउ पुर्याएकोमा मातृभुभी लघुवित्तलाई धन्यबाद दिनुभयो । शाखाका कर्मचारीहरले महिलाहरुलाई फलफुलका विरुवा वितरणबाट गाउँमा फलफुल खेतीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा शाखा प्रबन्धक मदन सिंह ठगुन्नाले वित्तीय संस्थाले कर्जा तथा बचतको सेवाका अतिरिक्त समय समयमा ग्राहक सदस्यलाई विभिन्न उद्यममा टेवा पुग्ने गरी आर्थिक तथा गैर आर्थिक सहयोग तथा उद्यमशीलता प्रबद्र्धनका लागि कार्य गर्दै आएको बताउनुभयो ।साथै कार्यक्रममा सहभागी सदस्यहरूलाई दीर्घकालीन कृषि उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले बिरुवा वितरण गरिएको आयोजकले जनाएका छन् ।