विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै मनाए,शिक्षक भट्टराईले जन्मदिन,

बैतडी-जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार दिएको छ।बैतडी जिल्ला पाटन नगरपालिका -१ डंसीली स्थित श्री कैलाश माद्यमिक विद्यालयमा कार्यरत शिक्षक राम दत्त भट्टराईले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत टुहुरा,जेहन्दार विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने २६ जना विद्यार्थीहरू लाई विभिन्न शैक्षिक सामग्री उपहार स्वरूप शैक्षिक सामाग्री वितरण गरेका हुन ।

फजुुल खर्च गरेर जन्मदिन मनाउने परम्परालाई तोड्न सन्देश प्रवाह गर्ने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको शिक्षक भट्टराईले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक गगन सिंह बोहराले शिक्षक भट्टराईको यस कार्यलाई मुक्तकण्ठ प्रशंसा गर्दै भने, “उहाँको यस्तो सहयोगी कदमले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै उनीहरूको शैक्षिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्नेछ ।’ साथै विद्यार्थीहरूले पनि उपहार पाएपछि खुशी व्यक्त गर्दै शिक्षक भट्टराईलाई धन्यवाद दिएका छन् ।

Leave A Reply

Your email address will not be published.