उदयदेव आधारभुत स्वास्थ्य सेवा केन्द्रको सार्वजनिक सुनुवाई सम्पन्न

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–५ स्थित उदयदेव आधारभुत स्वास्थ्य सेवा केन्द्रको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवंम् शिवनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष केशव बहादुर चन्दको अध्यक्षता र अन्य सरोकारवालाहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।

आधरभुत स्वास्थ्य सेवा केन्द्र बाट एक बर्षको अवधिमा ४ हजार २ सय जनाले सेवा लिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी दिइएको छ ।
गत आर्थिक बर्ष २०८१÷८२ मा स्वास्थ्य संस्थाबाट ३ हजार जनाले उपचारात्मक सेवा लिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख खकेन्द्र सिंह महताले बताउनुभयो ।

आधारभुत स्वास्थ्य सेवा केन्द्रकोे सेवा क्षेत्रभित्र मातृ स्वास्थ्य सेवा, नवजात शिशु सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन सेवा लगायतका सेवाहरु प्रदान गरिएका महताले बताउनुभयो ।

यस्तै किशोरीहरुका लागि विद्यालयमै गएर आइरन चक्की वितरण लगायत विभिन्न जानकारीमूलक कार्यक्रम समेत सञ्चालन गरिएको उनले जानकारी दिनुभयो ।

स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गरेर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिन स्वास्थ्य सेवा केन्द्रसदैव तत्पर रहेको उनले बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवमं वडा अध्यक्ष केशव बहादुर चन्दले स्वास्थ्य केन्द्र मार्फत सञ्चालन हुने सेवाहरुलाई प्रभावकारी बनाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.