बैतडी : माध्यमिक विद्यालय शिक्षक युनियन मेलौली नगर कार्य समितिले मेलौली नगरपालिकालाई ध्यानाकर्षण गराएको छ। आफ्नो जागिर सुनिश्चितका लागि ध्यानाकर्षण गराएको छ।
विगत तिन दशकदेखी कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको हालसम्म कुनै व्यवस्थापन नगरिएको भन्दै ध्यानाकर्षण गराएको नगर कार्य समिति अध्यक्ष माहादेव ओझाले बताउनुभयो। बिभिन्न आन्दोलनमा सरकारसगं गरिएको सम्झौता अनुसार आउदैं गरेको शिक्षा ऐनमा व्यवस्था गरिदिन मेलौली नगरपालिका मार्फत माग गरिएको बताउनुभयो।

