जन्मदिनको अवसरमा चन्दद्धारा शैक्षिक सामग्री वितरण

बैतडी : मेलौली नगरपालिका–०७ गाउँकोटका लक्ष्मण चन्दले शैक्षिक सामग्री वितरण गरेका छन। बिहीबार आफ्नो जन्मदिनको अवसरमा चन्दले शैक्षिक सामग्री वितरण गरेका हुन।

मेलौली नगरपालिका–०६ स्थित आमोद इंग्लिश बोर्डिङ स्कुलका प्रिन्सीपल समेत रहेका चन्दले आफै कार्यरत रहेको विद्यालयमा शैक्षिक सामग्री वितरण गर्नुभएको हो। कापि, कलम र पेन्सील वितरण गर्नुभएको जनाईएको छ।

साथै चन्दले आफु अध्ययनरत विद्यालयको अक्षयकोषमा पनि सहयोग गर्नुभएको छ। पाटन नगरपालिका–०४ ठाँड बगाडीमा रहेको भुमेश्वर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाको लागि सहयोग गर्नुभएको बताउनुभयो।

जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटाएर शैक्षिक सामग्री र अक्षयकोष स्थापनाका लागि सहयोग गरेको चन्दले बताउनुभयो। सबैमा सकारात्मक सोचको विकास होस भनेर जन्मदिनमा गरिने तडक-भडक नगरेर सहयोग गरेको जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.