बैतडी : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलौलीले तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ। शनिवार मणिलेक माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो।
सिवाईसी लघुवित्तको मेलौली शाखासगं सम्बन्धीत केन्द्रहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको शाखा प्रमुख मनोज भाट्ले बताउनुभयो। तिज पर्वलाई लक्षित गरि वित्तीय साक्षरता तथा सदस्य पुनर्ताजगी एवं तिज बिशेष कार्यक्रम सञ्चालन गरिएको उहाले बताउनुभयो।
कार्यक्रममा बित्तीय साक्षरताका बारेमा जानकारी गरिएको थियो। बचत कसरी गर्ने, केका लागि गर्ने, बचत किन आवश्यक लगायतका बारेमा जानकारी गरिएको शाखा प्रमुख भाट्ले जानकारी दिनुभयो। कार्यक्रममा सहभागिहरु केन्द्रहरुले तिजका गितहरुमा नृत्य प्रस्तुत पनि गरेका थिए। उत्कृष्ट नृत्य गर्नेलाई नगदसहित सम्मान गरिएको जनाईएको छ।
नृत्यमा लटैनाथ आत्मनिर्भर महिला केद्र मेलौली नगरपालिका ६ पहिलो भएको छ। यसैगरी सुन्दरता आत्मनिर्भर महिला केद्र मेलौली नगरपालिका १ दोस्रो र सिलङ्गा आत्मनिर्भर महिला केद्र मेलौली नगरपालिका ०१ तेस्रो भएको शाखा प्रमुख भाट्ले जानकारी दिनुभयो।
पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय पुरुस्कार प्रदान गरिएको हो। यसैगरी उत्कृष्ट बचतकर्तालाई पनि सम्मानपत्रका साथ सम्मान गरिएको जनाईएको छ।
शाखा प्रमुख भाट्को अध्यक्षता तथा मणिलेक माध्यमिक विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको थियो।
कार्यक्रममा मणिलेक माविका शिक्षक, मणिलेक बहुमुखी क्याम्पसका शिक्षकहरु, बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी लगायत सिवाईसीमा आवद्ध महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम मणिलेक बहुमुखी क्याम्पसका उपप्राध्यापक भिमसिह धामीले सञ्चालन गर्नुभएको थियो।