समाजसेवी, दलित र महिला अधिकारकर्मी एवम सामाजिक अभियन्ता सरस्वती नेपालीले आफ्नो जन्मदिनको अवषरमा महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यन्न तथा फलफुल सहयोग गर्नु भएको छ। आईतवार उहाँले आफनो जन्मदिनको उपलक्ष्यमा भीमदत्त नगरपालिका–०५ मा रहेको महिला तथा बृद्ध सेवा केन्द्र मा खाद्यान, जुस र फलफूलहरु सहयोग गर्नु भएको हो।
विगत २ दशकदेखी समुदायमा रहेका विपन्न, गरिव, दलित र महिलाहरुको अधिकारका लागि सामाजिक अभियन्ताको रुपमा काम गर्दै आईरहनु भएकी नेपालीले जन्मदिनको अवसरमा सानो सहयोग स्वरुप आफुले वृद्ध आमा बुवाहरुलाई सहयोग गरेको बताउनुभयो।
नेपालीले दलित अधिकार, आफ्नो अधिकारबाट वञ्चीतभएका सबै वर्ग समुदायको हकहित र महिलाको क्षेत्रमा क्रियाशील भएर कामगरेको उच्च मुल्यांकन गर्दै अमेरिककाको जिएआरसी अवार्ड र अन्तर्राष्ट्रिय दर्नाल अवार्ड बाट सम्मान पाइकी हुन्।