बैतडी : पञ्चेश्वर गाउँपालिका–०४ निङ्लाडका निरज चन्दको उपचारमा सहयोग गरिदिन आग्रह गरिएको छ। मोटरसाईकल दुर्घटनामा परेका चन्दको उपचारमा आर्थीक समस्या भएकाले सहयोग गरिदिन आग्रह गरिएको हो।
यहि भाद्र २ गते मटेनादेखि कञ्चनपुरको महेन्द्रनगर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परेको अभियान्ता एवं शिक्षक बिरेन्द्र भट्टले बताउनुभयो। मेलौली नगरपालिका–०९ का विनय चन्दले चलारहेको मोटरसाईकलमा उनि पछाडी सवार रहेका थिए।
रातिको करिब ०९:३० बजेतिर एक्कासी ३ गाई अगाडी आउदा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको अभियान्ता रोशन चन्दले बताउनुभयो। आखाँ र टाउकोमा गहिरो चोट लागेका उनको हाल भारतको बरेलीमा उपचार भईरहेको छ। भिनाजु भने सामान्य घाईते छन।
आखाँ र टाउकोमा गहिरो चोट लागेका निरजको आईसीयूमा राखेर उपचार हुदैछ। उनि अहिलेसम्म होसमा आएका छैनन। पछिल्लो समय अलिअलि हात खुट्टा मात्र चलाउन सकिरहेका उनको उपचारमा करिब २५ लाख भारतीय रुपैया लाग्ने अस्पतालले जानकारी दिएको छ।
उपचारमा धेरै पैसा लाग्ने देखिएपछि सामाजिक सञ्जाल मार्फत आर्थीक संकलन अभियान सुरु गरिएको छ। उनको जिवन बचाउन सबै मनकारी माहानभावहरुलाई सकेको आर्थीक सहयोग गरिदिन परिवारले आपिल गरेको छ।
घाईते निरज पञ्चेश्वर गाउँपालिका प्रवक्ता एवं वडा न ४ का वडाध्यक्ष जनक बहादुर चन्दका छोरा हुन। २५ वर्षीया छोरा जिवन र मृत्युसगं लडिरहेकाले सकेको आर्थीक सहयोग गरिदिन देश तथा बिदेशमा रहनुभएका सबैलाई आग्रह गर्नुभएको छ।
सहयोगका लागि नबिल बैंक कुलाउ शाखामा रहेको बिरेन्द्र भट्टको खाता नम्बर 07610017510328 अथवा मोबायल नम्बर 9868744267 मा सहयोग गर्न सकिने छ। साथै रोशन चन्दको गोगुल पे नम्बर 8495038850 मा पनि सहयोग गर्न सकिनेछ।

