मेलौली मन्दिरको निर्माणाधिन संरचना सम्पन्न गर्नका लागी बजेटको आवश्वक पहल गरिदिन मन्त्री भण्डारीलाई पत्र
बैतडी-बैतडीको मेलौलीमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई पत्र बुझाएका छन।भगवती मन्दिरमा निर्माण भइरहेका पूर्वाधारका योजनाहरूहरुको काम सम्पन्न गर्नका लागी आवश्वक बजेटको पहल गरिदिन मेलौली धार्मिक सेवा समितीका अध्यक्ष र सचिवले संयुक्त रुपमा बजेटको आवश्वक पहल गरिदिन मन्त्री भण्डारीलाई पत्र बुझाएका हुन ।
आर्थिक वर्ष २०७७।०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरू अलपत्र छन् । निर्माण सुरु भएको चार वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत पनि काम सम्पन्न नभएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले बताउनुभयो ।निर्माण भइरहेका योजनाहरू हालसम्म पनि सम्पन्न नहुँदा मेलौलीको सौन्दर्यता मासिन पुगेको अध्यक्ष नायकले बताउनुभयो ।
यस क्षेत्रको महत्वसँग जोडिएको यस मन्दिर व्यवस्थापनका लागि आएको बजेटलाई पालिकाले चाँसो दिनुपर्ने र निर्माण भइरहेका योजनाहरू हालसम्म पनि सम्पन्न नहुँदा मेलौलीको सौन्दर्यता मासिन पुगेका नायकले बताउनुभयो ।मेलौली भगवती मन्दिर देशरीमा उत्कृष्ट एक सय पर्यटन गन्तव्यको सूचीमा परेको धार्मिक क्षेत्र हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५५ प्रतिशत र मेलौली नगरपालिकाको ४५ प्रतिशत बजेटगरी संयुक्त लगानीमा योजना अघि बढ्ने समजदारी भएको थियो ।जस अन्तर्गत मन्त्रालयले चार करोड ५५ लाख र नगरपालिकाले दुई करोड ४५ लाख बजेट सुनिश्चित गरिएको थियो ।
मन्दिरमा पुर्वाधारनिर्माणको काम हालसम्म पनि सम्पन्न नहुँदा नियमित रुपमा हुने स्थानीय जात्रा, पर्वमा असर पर्ने गरेको मेलौली धार्मिक सेवा समितीका सचिव दशरथ सिंह नायकले बताउनुभयो
मेलौली नगरपालिकाका अनुसार मन्त्रालयले सुनिश्चित गरेको बजेट निकासा नगर्दा योजना समयमा सम्पन्न हुन नसकेको जनाएको छ ।