दिपक राज दिर्घायु
बैसाख १३ मगंलबार,२०७९
बैतडी–मेलौली नगरपालीका–०८ कोटिगाउमा चार दलबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार निर्बाचन अधिकृतको कार्यालयमा वडा अध्यक्ष पदको लागि नेपाली काँग्रेसबाट शम्भु सिह बिष्ट, नेकपा एमालेबाट तपेन्द्र सिह बिष्ट, नेकपा माओवादी केन्द्रबाट चक्र सिह सुतार र राप्रपाबाट मोति सिह ठगुन्नाले उम्मेदवारि दर्ता गराएका छन ।
चारै दलहरुले उम्मेदवारी दर्ता गराए सगै गाउमा चुनाबि माहोल तातेको छ । सबै उम्मेदवार जित आफ्नो कोल्टामा पार्न लागि परेका छन । यसैगरि वडा सदस्य पदका उम्मेदवार पनि जित हासिल गर्नका लागि घरघरमा गएर आफ्ना मतदाताहरुलाई भेटिरहेका छन ।
नेपाली काँग्रेसबाट वडा सदस्य पदको लागि बिर सिह खड्का, कृष्ण ऐडि बिष्ट, मञ्जु ओझा, दलित महिला सदस्यमा मनहरि लुहार चयन भए सगै चुनाबि प्रचार प्रशारको तयारिमा जुटिरहेको वडा अध्यक्ष पदका उम्मेदवार शम्भु सिह बिष्टले बताए ।
यसैगरि नेकपा एमालेबाट वडा सदस्य पदको लागि शकंर सिह बिष्ट, नरेश सिह ठगुन्ना, बिन्दु भण्डारी, दलित महिला सदस्यमा भागरथी लुहार लगायत सिङ्गो टिम नै चुनाबि प्रचार प्रशारको तयारिमा जुटेको वडा अध्यक्ष पदका उम्मेदवार तपेन्द्र बिष्टले बताए ।
नेकपा माओवादीबाट महिला सदस्य पदको लागि अनिता सुनी, दलित महिला सदस्यमा सरस्वती दमाई, खुल्ला सदस्यमा पदम सिह ठगुन्ना र हरि सिह बिष्ट पनि प्रचार प्रशारको तयारिमा जुटिरहेका छन ।
राप्रपाबाट वडा सदस्य पदको लागि गोकर्ण राम दमाई, कृष्ण सिह बिष्ट, महिला सदस्यमा सुना ठगुन्ना र दलित महिला सदस्यमा मंमता दमाई पनि चुनाबि प्रचार प्रशारको तयारिमा जुटिरहेका छन ।