कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्कीमा जुत्ता चप्पल गोदाममा आगलागी भएको छ। आगलागीबाट ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ।
राति २ः४० बजेतिर लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी भएको हो। आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहले बताए।
लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए। आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएकोप्रहरीले जनाएको छ । गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।