बैतडीमा जेनजी पुस्ताको प्रदर्शन: प्रधानमन्त्रीको राजीनामा माग

बैतडीमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन्।

जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै युवा विद्यार्थीहरु स्वस्फूर्त रुपमा प्रदर्शनमा उत्रेका हुन्। उनीहरुले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

विद्यार्थी मार्न पाइँदैन,भ्रष्टाचारी सरकार चाँहिदैन जस्ता नाराहरु लगाएर जेनजी पुस्ताले सदरमुकाममा प्रदर्शन गरेका हुन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी पुगेर प्रर्दशनकारीहरुले नाराबाजी गरेका हुन्।

जेनजी पुस्ताको आन्दोलनलाई शान्तिपूर्ण बनाउने र माग पूरा नहुँदा सम्म आन्दोलन जारी रहने प्रदर्शनकारीहरुले बताएका छन्। यस्तै जिल्लाको पाटन,सतबाँझ, मुस्याचोर,देहीमाण्डौं, सिल्लेगडा लगायतका क्षेत्रमा समेत जेनजी पुस्ताले प्रदर्शन गरेको छ। सरकारले दमन गर्दै १९ जनाको हत्या गरेको भन्दै जेनजी पुस्ता आक्रोशित भएको छ।

दशरथचन्द नगरपालिका–१ मुस्याचोरमा सडकमा टायर बालेर प्रर्दशन गरिएको हो। जेनजी पुस्ताको आन्दोलन देशभर थप चर्किँदै गएको छ।

Leave A Reply

Your email address will not be published.