बैतडी –बैतडीको मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नगरपालिकामै कार्यरत सपना कार्कीलाई दिईएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगर कार्यपालिकाको निर्णय बमोजीम कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
उनलाई बढीमा दुर्ई महिना सम्मका लागि मात्रै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको मन्त्रालयले लेखेको पत्रमा उल्लेख गरिएको छ । कार्की २०७८ सालदेखि मेलौली नगरपालिकाकै प्रशासन शाखामा कार्यरत कार्यरत रहेकी छन् ।
कार्कीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएसंगै नगरपालिकामा आर्थिक कारेवार लगायतका कामहरु अब सुचारु हुने नगर प्रमुख भीमबहादुर चन्दले बताउनुभयो ।