बैतडी-जिल्लाको मेलौली नगपालिकामा एक दिने पालिका स्तरिय स्वास्थ्य समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।यस पालिका अन्तर्गत रहेका स्वास्थ्य स्वास्थ्य शाखाले आर्थिक बर्ष २०८१÷०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रहरुको पालिका स्तरीय बार्षिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो ।
यस मेलौली नगरपालिकामा बासोबस गरेका नागरीकहरुमा स्वास्थ्य सम्बन्धी आउने गरेका समस्याहरुको बारेमा छलफल गरि उक्त समस्यालाई आगामी दिनमा कसरी समाधान गर्ने र सर्वसाधारणलाई कसरी सेवा दिने सम्बन्धी योजना बनाउने लगायतको उदेश्य बोकी सो कार्यक्रमको आयोजना गरिएको मेलौली नगरपालका स्वास्थ्य शाखा प्रमुख जगदिश भट्टले बताउनुभयो ।
गत बर्षमा गरेका स्वास्थ्य कार्यक्रमहरुको तुलनात्मक रुपमा समिक्षा गर्ने भनि आयोजित सो कार्यक्रमको अध्यक्षतामा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द रहनु भएको थियो ।स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ ाज भट्ट र स्वास्थ्य शाखाका कर्मचारी लगायत सम्पुर्ण स्वास्थ्य चौकीको ईन्चार्जहरुको उपस्थिति रहेको थियो ।
नगर भित्र रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक कार्यप्रगती तथा समिक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगर भित्रका स्वास्थ्य केन्द्र हरुको अवस्था, बजेट र खर्चको अवस्था, तथा बित्तिय प्रगति विवरण, सम्पन्न हुन नसकेको कार्यक्रमहरु, स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाको साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था, स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधा खोप, सुत्केरी, गर्भपतन, परिवार नियोजन का साथै जनस्वास्थ्यको अवस्था बारेमा स्वास्थ्य संस्थाका प्रमुख हरुले स्लाइड मार्फत आ आफ्नो संस्थामा सम्पन्न गतिविधि तथा कार्यप्रगती विवरण प्रस्तुत गरेको स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताउनुभयो ।
मेलौली नगरपालिका ९ ओटै वडामा रहेका स्वास्थ्य चौकी,आधारभुत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा ३२ वटा खोप केन्द्र र र २८ वटा गाउँघर क्लिनिक रहेका छन् ।