बैतडी : गायक बलदेब दयालको दशैँ तिहार बिशेष देउडा गित “निश्वास” सार्वजनीक भएको छ। आशिष दयाल अफिसियल युटूब च्यानलबाट गित भिडियोसहित सार्वजनीक भएको छ।
गायक दयालको शब्द/संगित रहेको गितमा प्रिति रिमालले स्वरमा साथ दिनुभएको छ। बिग एचडी परिबेश स्टुडियोमा रेकर्डिङ गरिएको गितलाई भुवन प्रकास बडुले एरेन्ज गर्नुभएको गायक दयालले जानकारी दिनुभयो।
गितमा दशैँ तिहारको बेला दाई परदेश र बहिनी घरमा हुदाँको पिडा र प्रेमलाई समेटीएको छ। गितको भिडियोमा बिना रावत, गायक दयाल, आकाश दयाल र आशिष दयालले सुन्दर अभिनय गरेका छन।
भिडियोलाई केशब राज भट्टले निर्देशन गरेका हुन भने छायांकन तथा सम्पादन अमन बडुले गरेका छन। गित तथा भिडियोलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गायक दयालले आग्रह गरेका छन।
गित सुन्न तथा भिडियो हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोला।