भारतको नयाँ दिल्लीबाट बझाङकी एक महिला सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

बझाङ– बझाङको थलारा गाउँपालिका–४ ठिङ निवासी ४० वर्षीया शान्तिदेवी जोशी भारतको नयाँ दिल्लीस्थित हरि नगर ई ब्लकबाट अक्टोबर २१ तारेखदेखि सम्पर्कविहीन भएकी छन्।

परिवारका अनुसार शान्तिदेवी जोशी सो दिन दिउँसो करिब ३ बजेपछि सम्पर्कमा नआएको र त्यसपछि उनका मोबाइल फोनहरू समेत बन्द रहेको जानकारी दिएका छन्। उनी केही समयदेखि नयाँ दिल्लीको हरि नगर ई ब्लकमा बस्दै आएकी थिइन्।

जोशीका श्रीमान् चेतराज जोशीले पछिल्लो चार दिनदेखि शान्ति देवीको कुनै समाचार नआएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार आफन्त र साथीहरूका माध्यमबाट खोजी जारी भए पनि हालसम्म कुनै सुराग पाउन सकिएको छैन।

परिवारले शान्ति देवीलाई कसैले देखे वा भेटेमा मोबाइल नम्बर ९२८९३०२२३०, ८८००६८४५९६ र ०७५०३२५६३५३ मा सम्पर्क गर्न आग्रह गरेका छन्।

परिवारले सबै नेपाली दाजुभाइ तथा दिल्लीस्थित समुदायका सदस्यहरूलाई पनि सक्दो सहयोग गरी शान्ति देवी जोशीको खोजी कार्यमा साथ दिन अनुरोध गरेका छन्।

Leave A Reply

Your email address will not be published.