कैलालीको जोशीपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकि छिन्।
जिल्लाको जोशीपुर गाउँपालिका-३ लकडमा शनिवार राति करिब ११ बजे घरायसी सामान्य विवादका क्रममा ३५ वर्षीया सुनिता देवी कठरियाले आफ्ना ५० वर्षीय श्रीमान लखनलाल कठरियालाई हतौडा प्रहार गर्दा लखनलाल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रबहादुर साउँदका अनुसार घटनास्थलबाट प्रयोग गरिएको हतौडा बरामद गरिएको छ र आरोपी सुनितालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।