बैतडी-बैतडीमा नेकपा एमालेको पालिकास्तरीय जागरण अभियान सञ्चालन गरिरहेको छ ।
आइतबार जिल्लाको दशरथचन्द नगरपालिकाबाट सुरु भएको अभियान सोमबार जिल्लाको सुर्नया गाउँपालिकामा आयोजना गरिएको थियो । आम स्थानीयबासीमा सद्भाव जगाउन, संविधानको रक्षा गर्नको लागि पालिकास्तरीय जागरण अभिायन सञ्चालन भइरहेको र कार्तिक २९ गते जिल्लास्तरको वृहत जागर सभाको तयारी भइरहेको एमाले जिल्ला उपाध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।
यस अभियानले वर्तमान राजनितिक परिस्तिथिको बारेमा जनतामाझ प्रष्ट पार्दै लोकतन्त्रको रक्षाको लागि कदम अघि बढाइएको उपाध्यक्ष भण्डारीले बताए ।
जिल्ला अध्यक्ष नरेश बिकको सभाध्यक्षतामा आयोजना गरिएको जागरण सभाका प्रमुख अतिथि निवर्तमान उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी रहनु भएको थियो ।
कार्यक्रममा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट, उपाध्यक्ष लोकेन्द्र भण्डारी, केन्द्रिय सल्लाहकार परिषद सदस्य मोहन थापा, दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी लख्खाभाई, सुर्नया गाउँपालिका अध्यक्ष अमर कुवँर लगायत पाकिला कमिटिका पदाधिकारी लगायतको सहभागिता थियो ।