बैतडीको पञ्चेश्वरमा भोली र पर्सि स्थानीय बिदा

बैतडीको पञ्चेश्वर गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ। गाउँपालिकाको वडा नं –४ स्थित धुरा कैलपाल मन्दिरमा जात्रा लाग्ने भएकाले भोलि र पर्सि स्थानीय बिदा दिएको हो।

धुरा कैलपालमा मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुईदिन स्थानीय बिदा दिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो। बिदाको दिन गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा बिदा रहने जनाईएको छ।

स्थानीयहरुले (धुरा बे जाँत) भनेर सम्बोधन गर्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गर्छन। धुरा कैलपाल मन्दिरमा हरेक बर्ष कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्ने गर्दछ।

No description available.

Leave A Reply

Your email address will not be published.