बैतडीको पाटनका एकजना युवाले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन। राष्ट्रिय युवा संघ पाटन नगर कमिटी अध्यक्ष तथा नेकपा एमाले नगरकमिटी सदस्य रमेश चन्दले शैक्षिक सामग्री वितरण गरेका हुन।
भुवनेश्वर आधारभुत विद्यालय पाटन नगरपालिका–०७ का गरिब तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको निमित्त प्रधानाध्यापक पुष्कर सिह साउदले बताउनुभयो। सोमबार विद्यालयमै पुगेर चन्दले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गर्नुभएको विद्यालयले जनाएको छ।
जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटाएर शैक्षिक सामग्री वितरण गरेको चन्दले बताएका छन। विद्यार्थीहरुमा सकारात्मक सोचको विकास हुने आर्थीक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढाईमा सहज हुने भएकाले शैक्षिक सामग्री वितरण गरेको चन्दले बताउनुभयो।
विद्यालयमै आएर शैक्षिक सामग्री वितरण गरेको चन्दलाई विद्यालयले धन्यबाद ज्ञापन गरेको छ। विद्यार्थीहरु खुसि भएको जनाईएको छ।