बैतडीको सुर्नयामा लामो समयसम्म तालाबन्दी हुदा स्वास्थ्य क्षेत्र प्रभावित

बैतडीको सुर्नया गाउपालिकामा लामो समयसम्म तालाबन्दी हुदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ। पालिका अन्तरगतका स्वास्थ्य सस्थाहरुमा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य चौकीले जनाएका छन्।

स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजल लगायतका अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ्ग स्वास्थ्य चौकीका इन्चार्ज दल बहादुर बिष्टले जानकारी दिनुभयो। औषधीको अभावमा सामान्य चोटपटक लागेकाहरुलाई उपचार गर्नपनि सकिने अवस्था नरहेको उहाले बताउनुभयो। संस्थामा औषधी नहुँदा सेवाग्राहीलाई रित्तो हात फर्काउनु परेको स्वास्थ्य चौकी इन्चार्ज बिष्टले बताउनुभयो।

स्वास्थ्य चौकीमा सामान्य सामाग्रीको पनि उपलब्ध नहुदा सुत्केरी सेवा समेत प्रभावित हुने अवस्था आएको बाशुलिङ्ग स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्र सिंह बिष्टले बताउनुभयो। गाउँपालिकाका स्वास्थ्य संयोजक राम सिंह महराले गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकीहरुबाट औषधी लगायतका स्वास्थ्य उपकरणको अभाव हुन थालेको बताउनुभयो।

गाउँपालिकाले स्वास्थ्य उपकरण सहितका औषधी आपूर्तिको लागि टेन्डर आह्वान गरिएको तर तालाबन्दीका कारण ठेक्का सम्झौता गरी औषधी खरिदको प्रक्रिया अघि बढाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो। स्वास्थ्य जस्तो अत्यावश्यक सेवा प्रभावित भइरहेको बताउँदै स्वास्थ्य शाखा प्रमुख महराले यथाशीघ्र सहमति गरी पालिकामा सहज वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो।

सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। त्यसयता आजसम्म सो ताला खुल्न सकेको छैन। बेलाबेला संवाद र बहस हुदापनी कुनै सहमति हुन सकेको छैन।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!