बैतडीको मेलौलीमा लागुपर्दाथ दुर्व्यसन सम्बन्धी प्रशिक्षण सम्पन्न

बैतडी : मेलौलीमा लागुपर्दाथ दुर्व्यसन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। ईलाका प्रहरी कार्यालय मेलौलीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ब्राईट फ्यूचर एकेडिमी मेलौली नगरपालिका–०७ मा सम्पन्न भएको हो।

ईलाका प्रहरी कार्यालय मेलोलीका ईन्चार्ज नरेन्द्र बहादुर चन्दले लागु औषध, यसले समाजमा पारेको क्षति, कानुनी प्रावधान, सेवनकर्ता बृद्धि हुनुका कारण, रोकथामका उपाय, चुनौती लगायतका विषयमा प्रशिक्षण दिएका थिए। उनका अनुसार खासगरी युवाहरु लागु औषधको सेवन गर्ने गरेको बताउनुभयो।

सामाजिक संञ्जालको पहुँचले पनि लागु औषध क्रेता र बिक्रेताहरुले एक आपसमा कुराकानी गरी लुकाएरै भएपनि ओसार पोसार गर्ने गर्दछन्। साथी संगतको दबाब, एक अर्काको देखासिखी, अभिभावकको निगरानीको कमी, असफलता लगायतका कारणहरुले पनि बालबालिका तथा युवाहरु लागु औषधको सेवन गर्ने गरेको चन्दले बताउनुभयो।

कार्यक्रममा ब्राईट फ्यूचर एकेडिमीका अध्यक्ष सरस्वती कुवर, राष्ट्रिय कलाकार मनोहर परियार र हिस्टुन केन्द्रिय कमिटी सचिव अर्जुनसिह कुवरको उपस्थिति रहेको थियो। यसैगरी अभिभावक, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिचिन्न साङ्गितिक प्रस्तुतहरु पनि प्रस्तुत गरिएका थिए।

Leave A Reply

Your email address will not be published.