आगामी चुनावमा भाग लिन अहिलेसम्म ८० दल दर्ता

निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ।

आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि आज १० गतेसम्मका लागि तोकेको हो। त्यसअनुसार हिजोसम्म दर्ता भएका दलहरुको संख्या ८० वटा पुगेको छ। दल दर्ताको अवधि सकिनु एक दिनअघि हिजो एमालेले पनि प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि दल दर्ता गराएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको संख्या कांग्रेस, एमालेसहित ८० वटा पुगेको छ। दर्ता भएका दलहरुले आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन्।

Leave A Reply

Your email address will not be published.