आज देशभरको मौसम सामान्यतया सफा रहने

अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ। अहिले देशभर कुनै पनि उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै भरे राती कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने सम्भावना छ। महाशाखाका अनुसार आउँदो तीन दिनसम्म बदली र वर्षा गराउने कुनै पनि प्रणाली सक्रिय हुने सम्भावना छैन।

Leave A Reply

Your email address will not be published.