बैतडी : मेलौली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको हो।
नगरप्रमुख भिम बहादुर चन्दको सभाध्यक्षमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो।नगरपालिकाको आयोजना र सामुदायिक रेडियो मेलौली एफ.एम को सहजिकरणमा सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीले नगरपालिकाको प्रथम चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले नगरपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।प्रश्नहरुको जवाफ नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायत प्रश्न सोधिएका शाखा प्रमुख र सम्बन्धीत ब्यक्तिले जवाफ दिनुभएको थियो।
कार्यक्रममा सहभागीहरुले बिभिन्न योजना तथा कार्यक्रमको बारेमा सुझाव दिएका थिए। जनतावाट आएका गुनासा, चासो, सम्मान र कदरले आफुलाई काम गर्ने आत्मबल बढेको नगरप्रमुख भीम बहादुर चन्द भुकम्पले बताउनुभयो। जनताको मतले निर्वाचित भईसकेपछि सधै जनताको सेवामा तल्लिन रहने र जनमुखी काम गर्दै जाने नगर प्रमुख चन्दको भनाई रहेको छ।