श्रीमतीको सम्झनामा अक्षयकोष स्थापना

बैतडीको पाटन नगरपालिका–८ का सतिस बिष्टले दिवंगत धर्मपत्नीको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गरेका छन्। बिष्टले पाटन नगरपालिका–९ विजयपुरस्थित ज्ञानेश्वर माविमा अक्षय स्थापना गरेका हुन्।

उनले दिवंगत धर्मपत्नी पवित्राको सम्झनामा एक लाख ११ हजार १११ रुपैँया बराबरको अक्षय कोष स्थापना गरेका हुन्। बिष्टले विद्यालयको ५१ औँ वार्षिकोत्सव कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।

असाहय, आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्री प्रदान गर्न आफूले दिवंगत धर्मपत्नीका नाममा विद्यालयमा अक्षय कोष स्थापना गरेको बिष्टले बताए। पढाईमा मेहेनती भएर पनि आर्थिक अवस्था कमजोर भएका कारण पढाइमा निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई थोरै भएपनि राहत मिलोस् भनेर कोषको स्थापना गरेको उहाँको भनाई छ।

Leave A Reply

Your email address will not be published.