शिवनाथ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी नागार्जुन माविलाई

बैतडीः शिवनाथ गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। सोमबारबाट गाउँपालिकाको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो।

प्रतियोगिताको उपाधी नागार्जु मावि शमालीले जितेको छ। १४ स्वर्ण, ७ रजत र ७ कास्यपदकका साथ नागार्जुन मावि शर्माली बिजेता बनेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिह महताले बताउनुभयो।

यसैगरी ७ स्वर्ण, ६ रजत, ६ कास्यपदक जित्दै उदय मावि कफाडी द्धित्तीय र ३ स्वर्ण, ३ रजत र ४ कास्यपदक जित्दै हिरापुर मावि बसेडीभ्वा तृतीय भएको जनाईएको छ। पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिह रावलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको प्रतियोगिता सभ्य र भब्य तवरले सम्पन्न भएको गाउँपालिका अध्यक्ष कर्णसिह साउँदले जानकारी दिनुभयो।

प्रतियोगितामा ९ विद्यालयहरु सहभागि भएका भएका थिए। प्रतियोगितामा सहभागि सबै विद्यालयले राम्रो प्रदर्शन गरेकाले सबैलाई धन्यबादसहित आगामी दिनको समेत गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउदले शुभकामना दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.