शिवपूर्ण माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन, धनाडीले सम्हाले नेतृत्व

बैतडीको शिवनाथ गाउँपालिका–५ लामाखालीस्थित शिवपूर्ण माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। अभिभावक तथा सरोकारवालाहरूको भेलाबाट नयाँ समिति चयन गरिएको विद्यालयले जनाएको छ।

गठित समितिको अध्यक्षमा तपेन्द्र सिंह धनाडी चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा गोरख सिंह धनाडी, पवित्रा साउद र सरिता चन्द चयन हुनुभएको छ। पदेन सदस्यका रूपमा वडा सदस्य पदम सिंह धनाडी रहनुभएको छ भने शिक्षक प्रतिनिधिमा रन्जित धनाडी चयन हुनुभएको छ।

समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सुरत बहादुर चन्द रहनुभएको छ। नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास, अनुशासन कायम तथा विद्यालय र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

भेलामा सहभागी अभिभावक तथा सरोकारवालाहरूले विद्यालयको समग्र विकासका लागि नयाँ समितिले प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका थिए। नवनिर्वाचित अध्यक्ष धनाडीले विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेर सबै पक्षसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगबाट विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यका साथ नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालय प्रशासनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.