रास्वपाको सार्वजनिक मामिला विभाग प्रदेश उपप्रमुखमा बैतडीका विशाल नियुक्त

बैतडी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सार्वजनिक मामिला विभाग सुदूरपश्चिम उपप्रमुखमा बैतडीका विशाल भट्ट नियुक्त भएका छन्।

रास्वपाका सुदूरपश्चिम सभापति इन्जिनियर प्रकाश बिष्टले भट्टलाई सार्वजनिक मामिला विभाग उपप्रमुखमा नियुक्त गरेका हुन्। उपप्रमुखमा नियुक्त भट्टलाई पार्टीको विधि, विधान, सिद्धान्त, कार्यविधि र नियमावली अनुसार काम गर्न आग्रह गरिएको छ।

पार्टीको सुदूरपश्चिम सार्वजनिक मामिला विभागमा नियुक्त भएका भट्टले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने बताए। विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका भट्ट पछिल्लो समयमा रास्वपामा आवद्ध भएका हुन्। राजनीतिमार्फत समाज सुधारको अभियानमा लागेको उनले बताएका छन्।

Leave A Reply

Your email address will not be published.