गएराति देशको पूर्वी तथा मध्य भेगमा पानी परेको छ ।
पानी परेकाले अब केही दिन गर्मी घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो नेपालगञ्ज, दिपायल र धनगढीमा सबैभन्दा बढी गर्मी भएको छ । नेपालगञ्जको तापक्रम ४० दशमलव ८ डिग्री र धनगढी र दिपायलमा ३९ डिग्री सेल्सियस मापन भएको छ ।
महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी र सुदूरपश्चिमबाहेकका तराई भेगमा तापक्रम क्रमशः घट्ने सम्भावना छ । आज देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशमा बदली भई हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँ, मधेश प्रदेश र बाँकी हिमाली भेगका एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।