बैतडीको मेलौली नगरपालिका–२ वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार मेलौली नगरपालिका–वडा न १,६ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न भएको हो । वडा भित्रका १६ देखि ५९ महिना सम्मका सम्पूर्ण बालवालिकाले १५ महिना भित्र पाउनुपर्ने सवै खोपहरु पाइसकेको प्रतिवद्धता सहित पूर्ण खोप सुनिश्चितता सहित दिगोपनको घोषणा गरेको स्वास्थ्य तथा सरसफाई शाखामा कार्यरत भोज बहादुर चन्दले बताए।
कार्यक्रममा वडा भित्रका स्वास्थ्यकर्मी,विद्यालय प्रध्यानाध्यापक, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुहका सदस्यहरु, कर्मचारीहरु, स्थानीय समाजिसेवी तथा बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो।