‎डडेल्धुराको भागेश्वर २, रुपालमा योग विज्ञान शिविर संचालन हुने

‎बैतडी-डडेल्धुराको भागेश्वर गाउँपालिका वडा।न। २ रुपालमा ६ दिने योग बिज्ञान शिवीर संचालन हुने भएको छ ।

शिग्राम माध्यमिक बिद्यालय रुपालमा हुने योग बिज्ञान शिविरको भागेश्वर गाउँपालिका बगरकोटको आयोजना र पतन्जलि योग समिति नेपाल डडेल्धुराको सहकार्यमा सञ्चालन हुने शिविरमा नेपालका प्रमुख साधवी डा।देव बिजयाले ६ दिन सम्म प्रशिक्षण दिने पतन्जलि योग समिति डडेल्धुरा अध्यक्ष कैलासकुमार पाण्डेयले बताउनुभयो ।

‎छ दिन आवासिय रूपमा बिद्यालयबाट अठार वर्ष देखि पैतिस वर्ष समुहका शिक्षक विद्यार्थीहरु सहभागी रहने भएको छ । शिविरको ब्यबस्थापन भागेश्वर गाउँपालिका बाट भएको वडा। नं २ का वडाअध्यक्ष उपेन्द्र बहादुर जोराले बताउनुभयो। उहाका अनुसार ब्यबस्थापनको सम्पूर्ण तयारी पूरा भै सकेको छ ।

‎पछिल्लो समय योग साधनाबाट धेरै रोग,बिराम ठिक हुने पबित्र मन ,आध्यात्मिकता पारस्परिकता , बढ्ने युवा, बिद्यार्थिहरुका लागि पनि योग अति प्रभावकारी रहेको सुदूरपश्चिम युवा प्रभारी गोबिन्द खडायतले वताए ।
‎अषाढ १२ गते बिहान ५ बजे बाट अशिग्राम माध्यमिक बिद्यालय रुपालको कार्यशाला भवनमा सिबिर सञ्चालन हुन लागेको हो ।

Leave A Reply

Your email address will not be published.