दिपक राज दिर्घायु
जेठ ०२ सोमबार,२०७९
बैतडी–मेलौली नगरपालीका–८ मा नेकपा एमालेका तपेन्द्र बिष्ट वडा अध्यक्षमा बिजयी भएका छन । ३३८ मत प्राप्त गरेर बिष्ट वडा अध्यक्षमा निर्बाचित भएका हुन ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका शम्भु सिह बिष्टलाई ८० मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएका हुन।
पराजित नेपाली काग्रेसका बिष्टले २५८ मत प्राप्त गरेका छन । दोस्रो प्रतिस्पधीको रुपमा रहेका नेकपा माओबादी केन्द्रका चक्र सिह सुतारले ९२ मत प्राप्त गरेका छन । तेस्रो प्रतिस्पधीको रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र पाटिका मोति सिह ठगुन्नाले ७२ मत प्राप्त गरेका छन ।
यसैगरि बिजयी हुने वडा सदस्यमा नेकपा एमाले महिला सदस्य ३२३ मत, दलित महिला सदस्यमा ३१५ मत, खुल्ला सदस्य ख २९३ र नेपाली काँग्रेसका खुल्ला सदस्य क ले २९६ मत प्राप्त गरि जित हासिले गर्नुभएको छ ।
मेलौली नगरपालीका–०८ मा जम्मा मतदाता १०१० जना रहेका थिए । जसमा ७८९ मत खसेका थिए।