दिपक राज दिर्घायु
जेठ ०२ सोमबार,२०७९
बैतडी–मेलौली नगरपालीका–९ मा नेपाली काँग्रेसका लोकराज भट्ट वडा अध्यक्षमा बिजयी भएका छन। ३७५ मत प्राप्त गरेर भट्ट वडा अध्यक्षमा निर्बाचित भएका हुन ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भिम भट्टलाई १६ मतान्तरले पछि पार्दै भट्ट बिजयी भएका हुन ।
पराजित नेकपा एमालेका भिम भट्टले ३५९ मत प्राप्त गरेका छन । दोस्रो प्रतिस्पधीको रुपमा रहेका नेकपा माओबादी केन्द्रका लोकमणि भट्टले ५९ मत प्राप्त गरेका छन।
तेस्रो प्रतिस्पधीको रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र पाटिका जोगेन्द्र चन्दले ५९ मत प्राप्त गरेका छन ।