शिवनाथ धामको जात्रा : पञ्चेश्वर गाउँपालिकामा मंगलबार बिदा

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकामा अवस्थित शिवनाथ धामको जात्राको अवसरमा छिमेकी पञ्चेश्वर गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ ।

शिवनाथ धामको जात्रामा पञ्चेश्वरका स्थानीयहरुको समेत उल्लेख्य सहभागिता रहने भएकाले भोलि९मंगलबार० गाउँपालिकामा बिदा दिइएको अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

शिवनाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा हुने गर्दछ । धाममा आजदेखि जात्रा शुरु भइसकेको छ । शिवनाथ धामको जात्राको अवसर पारेर पञ्चेश्वर गाउँपालिका मातहतका सरकारी कार्यालय,गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा मंगलबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.