बैतडी-जिल्ला अस्पताल बैतडीमा सञ्चालन गरिएको एकदिने निःशुल्क मानसिक स्वास्थ्य शिविरबाट ३१ जनाले सेवा लिएका छन् ।
शिविरमा गेटा मेडिकल कलेजका मनोरोग विशेषज्ञ डा। प्रवेश भट्टले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई परामर्श तथा उपचार सेवा प्रदान गरेका थिए ।
जिल्ला अस्पतालमा मानसिक रोग विशेषज्ञको दरबन्दी नभएकाले मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा। अरविन्द जोशीले बताए ।
मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई जिल्लामै विशेषज्ञ सेवा उपलब्ध गराई उपचारमा सहजता ल्याउने उद्देश्यले शिविर आयोजना गरिएको डा। जोशीले जानकारी दिए ।
यसैबीच, शिविरमा विशेषज्ञ सेवा प्रदान गरेको भन्दै अस्पताल व्यवस्थापन समितिका तर्फबाट गेटा मेडिकल कलेजका डा। प्रवेश भट्टलाई धन्यवाद ज्ञापनसहित मायाको चिनो प्रदान गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्री ९जगदीश० ले उनलाई मायाको चिनो प्रदान गरेका हुन् ।