लर्ड्समा नेपाल र बङ्गलादेशबीच ऐतिहासिक टी–२० खेल हुने

काठमाण्डौ – नेपालले इङ्ग्ल्यान्ड भ्रमणका क्रममा टेस्ट राष्ट्र बङ्गलादेशसँग लर्ड्स क्रिकेट मैदानमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पत्रकार सम्मेलन आयोजना गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीको इङ्ग्ल्यान्ड भ्रमण र बङ्गलादेशसँग हुने ऐतिहासिक टी–२० खेलबारे जानकारी दिएको हो ।

क्यानका अनुसार मेरिलिबोन क्रिकेट क्लब ९एमसीसी० को आयोजनामा हुने इङ्ग्ल्यान्ड भ्रमणका क्रममा नेपालले आउँदो वर्ष सन् २०२७ को जुन ३ मा लड्र्समा बङ्गलादेशसँग टी–२० क्रिकेट खेल्नेछ ।

यो खेल त्यही दिन लर्ड्समा हुने मिडलसेक्सको टी–२० ब्लास्ट खेलसँगै आयोजना हुनेछ । यो लर्ड्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको खेल एकैदिन आयोजना हुन लागेको पहिलो अवसर हुनेछ ।

बङ्गलादेश पुरुष टोलीले लर्ड्समा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । यसअघि सन् २०२६ मा बङ्गलादेशको महिला टोलीले लर्ड्समा खेलेको थियो ।

यस्तै नेपाली पुरुष टोलीले लर्ड्समा दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले यसअघि सन् २०१८ मा नेदरल्यान्ड्ससँग खेलेको थियो ।

इङ्ग्ल्यान्ड भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड र आयरल्यान्डसँग पनि अन्तर्राष्ट्रिय खेल खेल्ने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.