दिपक राज दिर्घायु
श्रावण १६ सोमबार,२०७९
बैतडी–गंगेश्वर मन्दिरका लागि फेसबुक मार्फत सुरु गरिएको आर्थिक सकंलन अभियान जारि रहेको छ। श्रावण १५ गते आईतबार सम्म १ लाख ७५ हजार बराबर नेपाली रुपया सकंलन भएको गंगेश्वर मन्दिरका मुखिया शम्भु सिह बिष्टले बताए ।
मेलौली नगरपालीका–०८ मा रहेको हिन्दु धर्मका आराध्यदेव शिवरुपी गंगेश्वर मन्दिरमा सोलार जडान तथा अन्य ब्यवस्थापनका लागि केहि दिन अगाढीबाट फेसबुक मार्फत आर्थिक सकंलन अभियान सुरु गरिएको थियो ।
मन्दिर क्षेत्रमा बिद्युत बिस्तार नभएका कारण सोलार आवश्यक रहेकाले फेसबुक मार्फत आर्थिक सकंलन अभियान सुरु गरिएको थियो । सोलार खरिद सगै संकलन गरिएको रकम मन्दिरका लागि आवश्यक भाडाकुडा, सत्संग सामग्री खरीद शान्ति होम गर्ने स्थल र अन्य ब्यवस्थापनमा खर्च गरिने गंगेश्वर मन्दिर क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष लोक सिह बिष्टले बताए ।
आर्थिक सकंलन अभियान सुरु भएसगै देश बिदेशबाट सहयोग प्राप्त भईरहेको मुखिया बिष्टले बताए । ईच्छुक ब्यक्तिहरुले सहयोग गर्नका लागि शम्भु सिह बिष्टको एनसिसि बैंक मेलौली शाखाको खाता १४९००००००१४०D मा जम्मा गर्न सकिनेछ् ।
साथै ९८४८९८००२८ मा फोन पे र प्रत्यक्ष रुपमा भेटेर पनि सहयोग गर्न सकिने उनले बताए।
गगेश्वर देबताको मन्दिरमा बर्षको बिभिन्न समयमा मेला पनि लाग्ने गर्दछन । बैसाखमा न्वागि पुजाको दिन मेला लाग्ने गर्दछ । त्यस्तै भदौमा सक्रान्तिका दिन पनि वल्के न्वागि चडाउने चलन रहेको छ । असौज र चैत्र महिनामा नवरात्री सुरु भए देखि नबरात्री भर पुजा आराधना, कार्तिकमा कत्क्या होम पनि गरिन्छ । पुस महिनामा गगेश्वरकि जाँत मेला पनि हुने गर्दछ र साउन महिनामा १५ दिन सम्म बत्ति बाल्ने धार्मिक प्रचलन पनि रहि आएको छ ।
साथै आर्थिक संकलन अभियानलाई निरन्तरता दिईने गंगेश्वर मन्दिर क्षेत्र ब्यवस्थापन समितिले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
गंगेश्वर मन्दिर क्षेत्र ब्यवस्थापन समितिको बिज्ञप्ती
